नेपालमा टेलिफोन नम्बर
Contributors to Wikimedia projects
Article Imagesनेपालमा टेलिफोन नम्बरहरू नेपाल सरकार मातहतको नेपाल दूरसञ्चार प्राधिकरणद्वारा राष्ट्रिय नम्बरिङ योजना अन्तर्गत प्रशासित गरिन्छ। अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घले नेपाललाई देश कोड "९७७" प्रदान गरेको थियो।[१] नेपालमा टेलिफोन नम्बर १० अङ्क लामो हुन्छ। ल्यान्डलाइन नम्बर र मोबाइल नम्बरका विभिन्न संरचना हुन्छन्। यहाँ नेपालको ल्यान्डलाइन टेलिफोनको कोडको सूची दिइएको छ। यी एसटिडी कोडहरू ल्यान्डलाइन टेलिफोनका लागि महत्त्वपूर्ण छन् र स्थानीय कल (नेपालभित्र) का लागि आवश्यक हुन्छ।[२]
अवस्थिति | |
---|---|
देश | नेपाल |
महादेश | एसिया |
एनएसएन लम्बाई | ८ (ल्यान्डलाइन) १० (मोबाइल नम्बर) |
पहुँच कोडहरू | |
देश कोड | +९७७ |
अन्तर्राष्ट्रिय पहुँच | ०० |
लामो-दूरी | छैन |
नेपालका प्रत्येक जिल्लाको ल्यान्डलाइन टेलिफोन क्षेत्र कोडहरूको सूची
आपतकालिन सेवाका नम्बरहरू
कोड | सङ्गठन |
---|---|
१०५ | नेपाली सेना |
१०७ | अख्तियार दुरुपयोग अनुसन्धान आयोग |
१०३ | ट्राफिक प्रहरी |
१०९८ | बालबालिका हेल्पलाइन |
११४४ | पर्यटन प्रहरी |
१०४ | बालबालिका हराएमा |
१०१ | दमकल |
१०२ | एम्बुलेन्स |
१०० | नेपाल प्रहरी |
सन्दर्भ सामग्रहरू
- ↑ "Nepal Country Code", वर्ल्डोमिटर (अङ्ग्रेजीमा), २९ जेठ २०८१।
- ↑ "List of Landline Telephone Area Codes of Each District of Nepal", टप नेपाली, २०८१ जेठ २९।