दमन र दीव


Contributors to Wikimedia projects

Article Images

दमन र दीव

दमन र दीव (स्थानीय) दमण आणि दीव भारतको एउटा केन्द्र शासित प्रदेश हो । जसको राजधानी दमन हो ।

दमन र दीव

दमण आणि दीव

Damão e Diu
દમણ અને દીવ

दमन र दीवको आधिकारिक लोगो

दमन र दीवको छाप

देशभारत
केन्द्र शासित प्रदेशदमन र दीव
स्थापना३० मे १९८७
राजधानीदमन
सरकार
 • संसद सदस्यलालुभाई पटेल
 • प्रशासकआशिष कुन्द्रा
क्षेत्रफल
 • जम्मा१०२ किमी (३९ वर्ग माइल)
 • क्रम५औ (केन्द्र शासित प्रदेशहरू मध्ये)
जनसङ्ख्या

 (२०११)

 • जम्मा२४२९११
 • क्रम६औ (केन्द्र शासित प्रदेशहरू मध्ये)
 • घनत्व२४००/किमी (६२००/वर्ग माइल)
भाषाहरू
 • आधिकारिक भाषाअङ्ग्रेजी, गुजराती, हिन्दी, मराठी, पोर्चुगेली
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)
आइएसओ ३१६६ सङ्केतIN-DD
जिल्ला संख्या
एचडीआईवृद्धि ०.७५४ (२००५)
एचडीआई श्रेणीउच्च
लैङ्गिक अनुपात१.६१ /
 
दीवमा रहेको सेन्ट पाउल चर्च

४५० वर्ष पहिले केन्द्र शासित प्रदेश दमनदीव गुजरात राज्‍यको वलसाड जिल्लाको नजिक स्थित छ । पहिले यो क्षेत्र पोर्चुगीजको कब्जामा थियो । भारतमा स्वतन्त्रताको धेरै पछि सम्म पनि यो भाग पोर्चुगीजको कब्जामा थियो । सन् १९६१ डिसेम्बर १९ मा अपरेसन विजय (सैनिक अभियान)बाट जब पोर्चुगीजको कब्जाबाट गोवा र दादरा र नगर हवेलीलाई मुक्त गरिएको थियो, त्यसै समय दमनलाई पनि भारतमा सामेल गरिएको थियो । त्यस समय यसलाई गोवामा सामेल गरिएको थियो । सन् १९७४ सम्म पोर्चुगीजले यसलाई अस्विकार गर्दै आएको थियो ।

सन् १९८७ मा यसलाई बेग्लै केन्द्र शासित प्रदेशको दर्जा दिइएको थियो । यस प्रदेशमा २ जिल्ला रहेका छन् । दमन र दीव लगभग १९८ किलोमिटर एक अर्का सँग टाढा रहेको छ ।

विकियात्रामा दमन र दीव सम्बन्धित यात्रा वृतान्त उपलब्ध छ।